बीमितले पाएनन् कोरोना बिमा दाबी भुक्तानी

१७ कात्तिक ७७, सोमबार
Share this
738shares

हेटाैँडा : हेटौंडा उपमहानगरका नेपाली कांगे्रस सभापति आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भइसक्दा पनि उहाँले कोरोना बिमा दाबी भुक्तानी प्राप्त गर्न सक्नुभएको छैन ।कोरोना संक्रमण निको भएर पनि उहाँ आफ्नो कार्यमा फर्किसक्नुभएको छ । उहाँले कोरोना बिमाको रकम आउने भनेपछि कोरोना बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग गरिसक्नुभएको छ । तर, बिमांक रकम भने आएको छैन ।

Advertisement

उहाँले शिखर लाइफ इन्स्योरेन्समा बिमा गर्नुभएको थियो । बिमा कम्पनीमा बुझ्दा यसबारे आफूहरुलाई पनि थाहा नभएको इन्स्योरेन्सका प्रतिनिधिले बताएका छन् । रकम बिमा समितिले रोकिरहेको ह“ुदा हेड अफिसमा नै बुझनुपर्ने भन्दै उनीहरु पन्छिए । हेटौंडाका राजकुमार गौतम र उहाँकी पत्नीले एनएलजी इन्स्योरेन्समा बिमा गर्नुभएको थियो । उहाँहरु कोरोनामुक्त भएको २ महिना बढी भइसक्यो । तर, बिमा दाबी रकम भने पाउन सक्नुभएको छैन ।

कोरोना संक्रमण भएर २ महिना बित्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि हुनुहुन्छ । उहाँको नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको थियो । उहाँले बिमा कम्पनीमा पटकपटक सम्पर्क गर्दा दुई/चार दिनमा भइहाल्छ भन्दै टार्ने गरेकोले आश मरिसकेको र पछिल्लो समय सम्पर्क पनि नगरिएको उहाँले बताउनुभयो ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top