×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुनै छाड्यो कन्ट्याक्ट ट्रेसिङ

१७ कार्तिक २०७७

काठमाडौँ: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको ‘हटस्पट’ काठमाडौं उपत्यकाका स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूबाट संकलन गरेको स्वाब मापदण्डविपरीत भन्दै परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ मा निश्चित समूहको मात्रै सिफारिसका आधारमा निःशुल्क पीसीआर गर्ने घोषणा गरेपछि स्थानीय तहले संकलन गरेको स्वाबको परीक्षण हुन छाडेको हो ।

सरकारी प्रयोगशालामा परीक्षण नभएपछि केही स्थानीय तहले सम्बन्धित व्यक्तिसँग पैसा लिएर निजीमा पठाउन थालेका छन् ।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेका थिए । यो प्रयोगशालाले सरकारले वर्गीकरण गरेकाबाहेकको स्वाब लिन छाडेपछि अधिकांश स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । ‘निश्चित समूहको त्यो पनि कागजी प्रक्रिया पूरा गरेर मात्रै पीसीआर हुने भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका ६ सय जनाभन्दा बढीको परीक्षण गर्नै सकेका छैनौं,’ ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले भने, ‘लक्षण नदेखिएकालाई घरमै बस्नू भनेको छु । लक्षण भएकालाई पनि स्वाब लिएर परीक्षण गर्न टेकु पठाउन सकेका छैनौं ।’ यसअघि नगरपालिकाले पाटन अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरेको थियो । शुल्क तिरेर पीसीआर गर्नै नसक्नेलाई नगरपालिकाले खर्चको बन्दोबस्त गर्ने योजना बनाएको उनले बताए । कन्ट्याक्ट ट्रेसिङमा परेकाको पनि पीसीआर नहुँदा संक्रमण बढ्ने चिन्ता नगरवासीमा रहेको उनले सुनाए । ‘हाम्रो नगरपालिकामा पैसा तिरेर पीसीआर गर्न नसक्ने कामदार धेरै छन् । उनीहरूका लागि खर्च व्यवस्था गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार १ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ, जुन देशभरिका संक्रमितमध्ये ५७ दशमलब ४३ प्रतिशत हो । काठमाडौं जिल्लामा मात्रै एक हजार ३ सय ६३ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ७ सयभन्दा बढीले पैसा तिरेर निजी प्रयोगशालाबाट पीसीआर गराएका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top