×

NEPAL TIMES UPDATES

Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026
Playing
ओलीले दिएको त्यो ’लाचार’ अभिव्यक्ति, ’पार्टी चाँही नफुटाउनू’!|| Nepal Times
May 17, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-03-2083 || Nepal Times
May 17, 2026
Playing
अस्ट्रेलियामा घरबारविहीनहरूको संख्या चार गुणासम्म बढ्ने || Nepal Times
May 17, 2026
Playing
सुकुम्बासीले काठमाडौंमा पाएनन् घर भाडा, १५ हजार दिए के गर्नु ?|| Nepal Times
May 17, 2026
Playing
राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने अमेरिकाको तयारी || Nepal Times
May 17, 2026

कोरोना भाइरसः श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधि

१७ कार्तिक २०७७

१७ कार्तिक, एजेन्सी ।
वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड–१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ।

स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि लान्सिट जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ। त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ।

Advertisement
Advertisement

उत्साहप्रद सम्भावना

मेरो विचारमा यसको सम्भावना निकै उत्साहप्रद छ, सो कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले भने।

तत्काल नतिजा आउने भएपछि परम्परागत अस्पतालबाहिरको वातावरणमा तपाईँले यसका उपयोगिता देख्न सक्नुहुनेछ। उड्डयन क्षेत्रमा तपाईँ यसको प्रयोग गर्न सक्नुहुनेछ, यातायात क्षेत्रमा, अध्यागमनमा यसको प्रयोग हुनसक्छ।

तपाईँ तत्काल नमुना लिन सक्नुहुन्छ, यसका लागि शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु पर्दैन। नमुना सङ्कलनका लागि विशेषज्ञ जनशक्ति चाहिँदैन र केही मिनेटभित्रै तपाईँ नतिजा पाउन सक्नुहुन्छ, उनले थपे।

इम्स्पेक्सले साउथ वेल्सको क्यानन भ्यालीस्थित आफ्नो मुख्यालयमा नयाँ यन्त्रहरूको विकास गरेको हो। खासमा फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगहरूबीच तत्काल कसरी फरक छुट्ट्याउने भन्ने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो।

तर कोरोनाभाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लियो।
हामीसँग यो क्षेत्रमा अनुभव छ र त्यसको कार्यान्वयनमा अनुभव छ। कोभिड आएपछि हामीले त्यो दिशातर्फ हामीलाई मोडिदियो, इम्स्पेक्स कम्पनीका प्रमुखले थपे।

कोरोनाभाइरस महामारी फैलिएको प्रारम्भिक चरणतिर एडिन्बरा र जर्मनीको डोर्टमन्डस्थित अस्पतालका बिरामीहरूमा कम्पनीले विकास गरेको प्रविधिको परीक्षण गरिएको छ।

लफबरा विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले कोभिड–१९ का बिरामी र छातीसम्बन्धी सङ्क्रमणका अन्य बिरामीबीच ती यन्त्रहरूले फरक छुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर हेरेका थिए।

रसायनद्वारा सङ्केत

उक्त यन्त्रले मानिसको सासमा श्वासप्रश्वाससम्बन्धी निश्चित रोगको सङ्केत दिने कुनै विशिष्ट रसायन छ कि भनेर वैज्ञानिकहरूलाई जानकारी दिन सक्छ।

उक्त परीक्षणमार्फत्‌ कोभिड १९ जनाउने विशिष्ट रसायन पत्ता लागेको छ जसलाई परम्परागत पीसीआर विधिबाट पुनर्पुष्टि पनि गरिएको छ। दम वा ब्याक्टेरियाले गराउने निमोमियाजस्ता अरू रोगसँग छुट्ट्याएर कोभिड–१९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको पाइयो।

यो प्रविधिको विकास गर्ने कम्पनीले अस्पताल अथवा विमानस्थलमा दैनिक प्रयोग गर्न लैजानुअघि त्यसलाई अझै परिस्कृत गर्नुपर्ने जनाएको छ। हाम्रो कम्पनी सानो छ।

Advertisement
Advertisement

यदि हामीसँग उपलब्ध स्रोतसाधनकै प्रयोग गर्ने हो भने समस्याको हल पाउन १२ देखि १८ महिना लाग्न सक्छ, इम्स्पेक्स कम्पनीका प्रमुख सान्टी डोमिनगुएजले भने।(बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top