×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदेशमा नै ज्यान गुमाएर अन्त्येष्टि गरिएकाका परिवारलाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध

१७ कार्तिक २०७७

१७ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शव नेपाल ल्याउन समस्या हुँदा विदेशमा नै अन्त्येष्टि गर्न सहमति दिएका मृतकका आफन्तलाई बोर्डले प्रदान गर्ने सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ रकम बुझ्न आउन बोर्डले अनुरोध गरेको हो ।

Advertisement
Advertisement

महामारीको समयमा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा लामो समयसम्म शव कुर्नुपर्ने बाध्यतालाई चिर्नका लागि बोर्डले परिवारको सहमतिमा गन्तव्य देशमै शव अन्त्येष्टिका लागि समन्वय गरेको थियो । यसरी अप्ठेरो समयमा गन्तव्य देशमै अन्त्येष्टिका लागि सहमति दिने मृतकका हकवालालाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने बोर्डले निर्णय गरेको थियो ।

त्यही निर्णय अनुसार बोर्डले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई राहत लिन आउन भनेको हो । बोर्डमार्फत प्रदान हुने सान्त्वना राहतका लागि मृतकका हकवालाले सम्बन्धित देशमा रहेको नेपाली दूतावासले जारी गरेको मृतक श्रमिकको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएइको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि क बर्गको बैंक खाताको प्रमाणित निस्सा लगायत तोकिए अनुसारको कागजात संलग्न गरेर बोर्डमा इमेलमार्फत निवेदन दिन सकिन्छ ।

Advertisement

निवेदन http://[email protected]/ मा दिन सकिने बोर्डले जनाएको छ । यसबारेमा थप जानकारीको लागि श्रम मन्त्रालयको कल सेन्टर ११४१ वा बोर्ड सचिवालयको फोन नम्बर ०१४२२०३११, ०१४२२०५६७ मा कार्यालय समयमा सम्पर्क गर्न सकिन्छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top