आमादब्लम हिमाल चढ्न कतारका राजकुमारसहितको टोली आधारशिविरमा

आमादब्लम हिमाल चढ्न कतारका राजकुमारसहितको टोली आधारशिविरमा

१७ कात्तिक, सोलुखुम्बु ।

बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।

केही दिनअघि नेपाल आउएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहणको व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए।

राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला आएको थियो । टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेसी र ११ जना नेपाली गरी १६ जना छन् । जसमा छ जना विदेसी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने छन् ।

कोरोना कहरले थलिएका बेला यो सन् २०२० को तेस्रो आरोहण टोली हो । यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टाली गरी दुई समूहले लुबुचे हिमालको सफल आरोहण गरिसकेका छन् ।

अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको र मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकेर काठमाडौँ फर्किने हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताए ।

अन्यभन्दा कमै आरोहण हुने छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.