दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कहालीलाग्दो कहर)
नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सहित हालसम्म ९ सय ८४ कोरोना संक्रमितको मृत्यु /आजै २ हजार ९ सय ३३ संक्रमित थपिँदा ३ हजार १ सय ५० जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ पुग्यो ।

२.(निःशुल्क नगर्ने ?)
कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य मन्त्रालयद्वारा सर्वोच्च अदालतमा निवेदन /संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर ।

३.(नेकपा ए !कता)
नेकपालाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई/ ओलीले सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राख्नुभएको स्वीकार ।

४.(ईश्वर वाणी)
एकताका बेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा नेकपामा विभाजनको दुर्भाग्य निम्तिन लागेको ईश्वर पोखरेलको अभिव्यक्ति/दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी गर्न आग्रह ।

५.(लाज पनि लाग्छ र ?)
सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा लगायो रोक /हाल सडकमा खाना वितरण गर्नु अवस्था नभएको महानगरपालिकाको तर्क ।

६.( किन लुके उजुरीकर्ता ?)
विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने /प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआइपछि सुनुवाई २७ गतेलाई सर्यो ।

७.(जवाफ देउ)
कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलद्वारा नेकपा अध्यक्षद्वयसँग कर्णाली प्रदेशमा देखिएका समस्याबारे धारणा माग/नेकपामा गुट अन्त्य गर्ने भने पनि एक ठाउँमा उभिएका सांसदलाई हतोत्साहित गरिएको आरोप ।

८.(किशोरको उम्मेदवारी)
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानद्वारा उम्मेदवारी दर्ता /महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै ।

९.(कुरा मात्रै कि ?)
महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाई /निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्वगर्ने समूह विकृति हटाउन सफल हुने विश्वास ।

१०.(चौरसियाका हत्यारा !)
नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारी पनि पक्राउ/उजुरी परेका १२ जनामध्ये ८ जना भने अझै फरार ।

११.(खोई अनुगमन ?)
निर्माणाधिन वीरगञ्ज ठोरी हुलाकी सडकमा पिच गरेको भोलिपल्टै कालोपत्रे उप्किएपछि काम गुणस्तरहीन भएको भन्दै स्थानीय असन्तुष्ट/गोरखामा पनि गरिएको कालोपत्र एक दिनमै उप्किएपछि स्थानीयद्वारा विरोध ।

१२.(हिमालको आकर्षण)
कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगे /विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम आरोहणका लागि राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविरमा ।

१३.(नेगेटिभ अनिवार्य)
नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत काठमाडौंबाट चीन जान सबै देशका नागरिकले पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने / आयातीत केस बढ्न नदिन चीन सरकारद्वारा सो नीति लागू ।

१४.(मलमको मेसो)
वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डको अनुरोध /सान्त्वना राहत स्वरुप बोर्डले ५० हजार रुपैयाँ प्रदान गर्ने ।

र,

१५.(विश्वमा कोरोना)
विश्वमा हालसम्म कोरोनाबाट १२ लाख ६ हजार बढी संक्रमितको मृत्यु /४ करोड ६८ लाख बढी संक्रमितमध्ये अहिलेसम्म ३ करोड ३७ लाख बढी उपचारपछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top