१८ कात्तिक, विराटनगर । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जना गरी हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ४२ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको उनले बताए ।
हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ३७ हजार ४ सय ७६ पुगेको छ ।
