अभिनेत्री मनिषा कोइराला र प्रधानमन्त्री ओलीबीच भेट

१९ कात्तिक ७७, बुधबार
Share this
682shares

१९ कात्तिक, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनिषा कोइरालाले मंगलबार भेटघाट गरेकी छन् । प्रधानमन्त्री ओलीसँग भेट गर्न कोइराला मंगलवार बालुवाटार पुगेकी थिइन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisement

भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति, कोभिड १९ को समस्या र समाधानको उपाय, कला क्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा समेत चासो राखेको प्रेस सल्लाहकार थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक कुरा राखेको प्रेस सल्लाहकार थापाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top