नक्कली पीसीआर रिपोर्टले नेपाल एअरलाइन्स बदनाम हुँदै, सजगताका अपनाउन प्रयोगशालालाई आग्रह

१९ कात्तिक, काठमाडौं । नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ ।

Advertisement

नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती देशले एअरलाइन्सलाई खबरदारी गरेका छन् । नेपाल एअरलाइन्समा यात्रा गरेका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । ​दुबई र नारिता विमानस्थलले चेतावनी पठाएका छन् ।

सरकारले मान्यता दिएका प्रयोगशालामा भएको परीक्षण पनि विश्वसनीय नहुँदा नेपाल एअरलाइन्सलाई ठूलो आर्थिक नोक्सानी र प्रतिष्ठामा पनि आँच पुगेको छ ।

Advertisement

एअरलाइन्सले सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालासँग अनुरोध गरेको छ ।

पीसीआरको नमुना दिएपछि यात्रुले पनि सावधानी अपनाएर सजग रहन एअरलाइन्सको आग्रह छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि एअरलाइन्सले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top