१९ कार्तिक, काठमाडौं ।
वीर अस्पताल इमर्जेन्सी विभाग मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् ।
कोरोना महामारीमा आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरुको विभिन्न समस्याहरुको माग निरन्तर गर्दा पनि पूरा नभएको भन्दै राजीनामा दिएका हुन् ।
“समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” ।
१६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्, “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।”