वीर अस्पताल चिकित्सकहरुले दिए सामूहिक राजीनामा

१८ कात्तिक ७७, बुधबार

१९ कार्तिक, काठमाडौं ।
वीर अस्पताल इमर्जेन्सी विभाग मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् ।

Advertisement

कोरोना महामारीमा आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरुको विभिन्न समस्याहरुको माग निरन्तर गर्दा पनि पूरा नभएको भन्दै राजीनामा दिएका हुन् ।

“समस्याहरुको माग निरन्तररुपमा पेस गरिरहँदा पनि हाम्रो माग पूरा नभएको, हामीलाई ज्यालादारी भनेर दसैंतिरहा भत्ता नदिने, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराइएको र धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” ।

Advertisement

१६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्, “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top