२० कात्तिक, झापा । झापाको भद्रपुर नगरपालिका-५ स्थित सिमा एरियाबाट करिव तीन लाख बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ ।
हिजो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतीय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर -५ स्थित एरियामा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।