साउदी सरकारले दियो १,२१७ नेपालीलाई स्वदेश फर्कन बहिर्गमन भिसा

२१ कात्तिक, काठमाडौं । साउदी सरकारले १ हजार २ सय १७ जना नेपाली श्रमिकलाई स्वदेश फर्कने बहिर्गमन भिसा दिएको छ ।

साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले आवासीय अनुमति अकामा नबनाइएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहिने बहिर्गमन भिसा नपाएका नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको हो ।

साउदीमा कार्यरत नेपालीलाई स्वदेश फर्कनका लागि अनिवार्य रुपमा बहिर्गमन भिसा आवश्यक पर्छ । सन् २०२१ को मार्च १४ देखि भने स्वदेश फर्कंदा श्रमिकले रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन पाउनेछन् । अहिले बहिर्गमन भिसा नहुँदा स्वदेश फर्कन समस्या परेका श्रमिकले साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिन सक्छन् ।

Advertisement

तर दूतावासमा निवेदन दिँदा अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट बुझेर मात्र दूतावासमा पठाउन अनुरोध गरेको छ । अकामाको म्याद सकिएको र कम्पनीले एक्जिट नलगाइदिएको भएमा वा आफ्नो अकामाको म्याद रहँदै कम्पनीले हुरुब(भागेको) भनी जानकारी गराएको अवस्थामा मात्र पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा बहिर्गमन भिसाका लागि निवेदन दिन आग्रह गरिएको छ । कुनै मुद्दा लागेको भएमा त्यो मुद्दा सल्टिएपछि मात्र बहिर्गमन भिसाका लागि निवेदन दिनुपर्छ ।

साउदी सरकारले बहिर्गमन भिसा दिएको दुई महिना अर्थात ६० दिनभित्र स्वदेश फर्कन पर्छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top