×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय सेनाध्याक्ष र प्रधानमन्त्रीबीचको भेटमा के भयो ?

२१ कार्तिक २०७७

२१ कात्तिक, काठमाडौँ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपाली सेनाको मानार्थ महारथी सम्मान पाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । तीन दिने औपचारिक भ्रमणमा नेपाल आउनुभएका नरवाणेले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुबै देशका सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गरिदै आएको परम्पराले दुई देशको विशिष्ठ सम्बन्धको उदाहरण प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीले बताए । हरेक हिसाबले नेपाल भारत नजिकका छिमेकी भएको स्मरण गर्दै ओलीले दुई देशको सम्बन्ध सुमधुर होस भन्ने चाहाना आफ्नो रहेको बताए । प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले पारस्परिक समानता र पारस्परिक सम्मानका आधारमा दुई देशको सम्बन्ध अगाडी बढ्नुपर्ने पनि बताएका थिए ।

Advertisement
Advertisement

दुबै देशबीच सीमा लगायत अन्य कतिपय विषयमा समस्या भएपनि वार्ताको माध्यमबाट ती समस्याहरु हल गर्नुपर्नेमा ओलीले जोड दिए । वार्ता र संवादको माध्यमबाट विगतदेखि रहेका समस्या समाधान गर्दै सम्बन्धलाई समयाअनुसार अगाडी लिएर जानुपर्ने ओलीले बताए ।

भारतीय सेनाप्रमुख नरवाणेले नेपाल भारतसँग सम्बन्धमा राम्रो हुनुपर्छ भन्ने मान्यताका साथ अगाडी बढीरहेको कुरा बोकेर भारत फर्किन लागेको बताए । डा. भट्टराईका अनुसार नरवाणेले प्रधान सेनापति पूर्णचन्द्र थापासँगको शिष्टाचार भेटमा दुबै देशका सेनाबीच एक आपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी पनि प्रधानमन्त्रीलाई दिएका थिए ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बढेको सीमा विवाद समाधानका लागि यस्ता औपचारिक भेटवार्ताहरुले सहयोग पुग्ने डा. भट्टराईले बताए । विगत एक वर्षदेखि बढ्दै गएको दुई देशबीचको सीमा समस्या समाधानका लागि पटक पटक वार्ताको प्रस्ताव गर्दा पनि सफल हुन नसकेको सन्दर्भमा नियमित कुराहरुलाई निरन्तरता दिन सके सीमा समस्या समाधानका लागि औपचारिक वातावरण बनाउँदै समस्या समाधान हुने मान्यता रहेको डा. भट्टराईले बताए ।

Advertisement

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए। त्यस्तै नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए । नरवाणे तीन दिने नेपाल भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top