×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीमतीलाई तातो तेल खन्याएर मार्न खाेज्ने व्यक्ति गिरफ्तार

२१ कार्तिक २०७७

२१ कात्तिक, धादिङ ।

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसीरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छिन् ।

तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताए ।

घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ । घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top