NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

बेंगलोरमाथि राेमान्चक जित निकाल्दै हैदराबाद आईपीएलको क्वालिफायरमा

शनिबार कार्तिक २२ , २०७७
Reading Time: 1 min read
A A
बेंगलोरमाथि राेमान्चक जित निकाल्दै हैदराबाद आईपीएलको क्वालिफायरमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ कात्तिक,एजेन्सी ।
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । शुक्रबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।

हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

LS Auto

हैदराबादको जितमा जेसन होल्डरले लगातार नवदीप सैनीलाई दुई चौका प्रहार गर्दै जित पक्का गरेका थिए । होल्डर २० बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । केन विलियम्सन ४४ बलमा २ चौका र २ छक्का सहित ५० रनमा अविजित रहँदै क्वालिफायरमा स्थान पक्का गरे ।

डेभिड वार्नर १७, मनिष पान्डे २४ र प्रियम गर्ग ७ रनमा आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । आरोन फिन्चले ३२ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बेंगलोरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बेंगलोरले आजको खेलमा विराट कोहली र देवदत्त पाडिक्कललाई ओपनिङ गराएको थियो । मध्य गतिका बलर जेसन होल्डरको दोस्रो ओभरको दोस्रो बलमा कप्तान विराट कोहली विकेटकिपर श्रीवात्स गोस्वामीबाट ६ रनमा क्याच आउट हुन पुगे । कोहली सिजनमा पहिलो पटक ओपनरका रुपमा उत्रिएका थिए । होल्डरलेनै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर पाडिक्कललाई १ रनमा प्रियम गर्गबाट क्याच आउट गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तेस्रो विकेटका लागि आरोन फिन्च र एबी डिभिलियर्सले ४१ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर स्पिनर शहबाज नदीमको ११ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका फिन्च कभरमा अब्दुल सामदबाट ३२ रनमा क्याच आउट भएका थिए ।

फिन्चले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । फिन्च आउट भएको दुई बलपछि मोईन अली शून्यमा रन आउट हुँदा बेंगलोर ६२–४ को कमजोर अवस्थामा पुगेको थियो । बेंगलोरका तल्लोक्रमका ब्याट्सम्यानले पनि क्रिजमा टिकेर रन बनाउन सकेनन् ।

होल्डरले १६ औं ओभरको चौथो बलमा शिवम् दुबेलाई कप्तान डेभिड वार्नरबाट ८ रनमा क्याच आउट गराए । वासिन्टन सुन्दर ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर टि नटराजनले १८ औं ओभरको पाँचौ बलमा योर्करमा बोल्ड आउट गरेपछि बेंगलोर बलियो योगफलको सम्भावना टाढिएको थियो । नवदीप सैनी ९ र मोहम्मद शिराज १० रनमा अविजित रहे ।

हैदराबादका जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शहबाज नदीमको नाममा एक विकेट रह्यो । दोस्रो क्वालिफायर आइतबार र फाइनल मंगलबार हुने छ ।

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.