कोभिड खोप खरिद प्रक्रियाका लागि सरकारले थाल्याे पहल

२१ कात्तिक ७७, शनिबार

काठमाडौँ : नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भिœयाउन सरकार सक्रिय रहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको छ भन्नुभयो ।

Advertisement

अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु¥याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले थप्नुभयो ।

उहाँले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिनुभयो । डा. ज्ञवालीले खोप परीक्षण र खोप भिœयाउने कार्यक्रम भने छुट्टाछुट्टै विषय हुन् भन्नुभयो । खोप परीक्षणको विषय भनेको फरक रहेको भन्दै उहाँले परीक्षण भएकै खोप नेपालमा परिचालन हुन्छ भन्ने नरहेको बताउनुभयो । यो चिकित्सा विज्ञानको एक प्रकारको नियमित गतिविधि भएकाले नेपालमा खोपको क्लिनिकल परीक्षण हुँदैमा डराउनुपर्ने विषय नरहेको उहाँले उल्लेख गर्नुभयो ।

Advertisement

तर नेपालमा पनि क्लिनिकल परीक्षण भएको खोप नै विश्वमा सफल भएको खण्डमा त्यो नेपाल भिœयाउन सहज हुने उहाँको भनाइ छ । तथापि त्यो खोप नेपालमा नभित्रिएको अवस्थामा पनि क्लिनिकल परीक्षण भने जारी रहने विश्वास सम्बन्धित मुलुकका कम्पनी र सरकारलाई दिलाइएको उहाँले बताउनुभयो ।

यसअघि नेपालमा क्लिनिकल र सामुदायिक परीक्षणमा समेत खोपको परीक्षण गर्ने सवालमा पहल र बहस दुवै भएको थियो तर मानव समुदायमा खोपको परीक्षण गर्ने विषयमा विज्ञको मत बाझिएपछि त्यो प्रक्रिया नेपालमा नगर्ने निधो सरकारले गरेको थियो तर क्लिनिकल परीक्षणमा भने नेपाल विभिन्न मुलुकसँग साझेदारी गरेर अघि बढ्न भने विज्ञहरू सहमत भएका थिए ।, याे समाचार गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top