घरघरमै तिहारको माला

२१ कात्तिक ७७, शनिबार

काठमाडौँ : फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ ।

कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि स्वास्थ्य जोखिम बढ्दै गएको हुँदा फूल व्यवसायीले नजिकिँदै गरेको तिहारमा अनलाइनमार्फत मागअनुसार घरघरसम्म फूलमालाको सेवा दिने तयारी गरेको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले यसपटक कोरोनाका कारण मानिस फूलका माला किन्नलाई बजारमा भीडभाड गर्दा स्वास्थ्य जोखिमको डर भएकाले अनलाइन कम्पनीसँग मिलेर फूल मालाको सेवा उपभोक्ताको घरदैलोसम्म दिनसक्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले दराजजस्ता अनलाइन कम्पनीसँग सहकार्य गरेर केही फूल व्यवसायीले अनलाइन कारोबार पनि सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फूल उत्पादक साथीहरूले लकडाउनदेखि नै आफ्नो फेसबुक पेजमार्फत अर्डर लिएर घरदैलोसम्म सेवा दिँदै आउनुभएको छ । तिहारमा फूलको बढी कारोबार हुने भएकाले अनलाइन कम्पनीमार्फत कारोबार गर्ने तयारी गरेका छौँ।”

Advertisement

अध्यक्ष श्रेष्ठले अनलाइनबाट अर्डर गरिएको फूलमाला बजार मूल्यअनुसार नै उपलब्ध गराइने र कसैले बजार मूल्यभन्दा बढी लिएमा एसोसिएसनमा जानकारी गराउन पनि स्पष्ट पार्नुभयो । एसोसिएसनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँ तिर्नुपर्ने गरी मूल्य निर्धारण गरिएको छ ।,याे खबर गाेरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top