×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नेकपा सचिवालय नै ‘विभाजित’

२२ कार्तिक २०७७

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ थापासँगको भेटमा पार्टीभित्रको विवाद मिलाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गरिन् । यी दुवै भेटमा थापाले स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गरेर एकता बचाउन दुवै अध्यक्ष मिल्नु नै अन्तिम विकल्प भएको जवाफ दिए । त्यही कुरा थापाले शुक्रबार बिहान अध्यक्ष दाहालसँगको भेटमा पनि गरे ।

Advertisement

तर शुक्रबारै दिउँसो अध्यक्ष दाहालले बोलाएको सचिवालय सदस्यहरूको अनौपचारिक छलफलमा थापा देखिएनन् । ओलीलाई जानकारी दिएरै दाहालले बोलाएको छलफलमा समेत नगएर थापाले ओलीको पक्षमा आफ्नो कित्ता स्पष्ट गरेका हुन् त ? ‘उहाँ अन्तिमसम्म पनि दुई अध्यक्ष नै मिल्नुपर्छ भनेर लाग्नुहुन्छ,’ थापानिकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘यो सन्देश उहाँले अध्यक्ष दाहाललाई पनि दिइसक्नुभएको छ ।’ पार्टी कार्यालय धुम्बाराहीमा बसेका दाहालनिकट नेताहरूको भने थापासहित अनुपस्थित अरू नेताहरूबारे बेग्लै बुझाइ छ । सचिवालय सदस्यहरूको भेलाले थापासहित पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल छलफलमा नआएर आफूहरूलाई गुटवादी र फुटपरस्त नेताका रूपमा उभ्याएको निष्कर्ष निकालेको छ ।

करिब २ घण्टा भएको उक्त छलफलमा सचिवालय सदस्य अब को कता छन् भनेर कित्ता स्पष्ट भएको निचोड निस्किएको त्यहाँ सहभागी एक नेताले बताए । ‘निर्णय केही गर्छ कि भनेर डराएको हो भने अनौपचारिक बैठक हो, समस्याबारे छलफल गरौं भन्दा पनि उहाँहरू नआएकामा हामी छक्क पर्‍यौं,’ उनले कान्तिपुरसँग भने । ‘हामीलाई नै गुटबन्दी गरे भनेर आरोप लगाउने साथीहरू उल्टै किन गुटवादी र फुटपरस्त भएका होलान् ? यो त सरासर कित्ताकाट नै हो नि,’ उनले भने ।

दाहालले सचिवालयका चार सदस्यहरूलाई गरेको ब्रिफिङअनुसार प्रधानमन्त्री ओलीले बिहीबार नै नेकपामा अहिले गुट मात्रै रहेकाले आ–आफ्नो गुटको बैठक गरे भइहाल्यो नि भनेका थिए । ‘पार्टी लगभग अलग नै भइसक्यो । हाम्रा आ–आफ्ना पार्टी छन्, मेरा कार्यकर्तालाई म मेरै लाइनको अपडेट गराउँछु, तपाईंतिरकासित तपाईंकै लाइनको कुरा गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै दाहालले उक्त छलफलमा ब्रिफिङ गरेका थिए, ‘हाम्रो पार्टीको कमिटी भनेको गुट हो, मेरो गुटको छुट्टै बैठक बस्छु, तपाईंको गुटको छुट्टै बैठक बस्नुस् ।’ ओलीले आफ्नो लाइनबारे बिहीबार नै प्रस्ट पारिसकेको र शुक्रबार अरू सचिवालय सदस्यहरूलाई पार्टी समस्याबारे छलफल गर्न जुटौं भन्दा पनि नआएर त्यसमा बल पुर्‍याएको सचिवालयका एक सदस्यले बताए ।

Advertisement

ओलीनिकट नेताहरू भने दाहाल–नेपालहरूले दिनदिनै चार जनाको बैठक राखेर कित्ताकाट गरिसकेको बताउँछन् । ‘औपचारिक होस् या अनौपचारिक, दुई अध्यक्षबीचको छलफल र परामर्शमा बैठक गर्न नमिल्ने नेकपाको विधि, पद्धति, विधान र परम्परा छ,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरूले गुटको भेला गर्नुभएको हो, खुमलटारमा गइरहने धुम्बाराहीमा पनि गए, दुई अध्यक्ष नै मिल्नुपर्छ भन्ने लाइनका गएनन्, उहाँहरूको र हाम्रो कित्ता छुट्टिएकै हो ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top