×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

सर्वाेच्च अदालतले अनुमति दिएसँगै कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो

३ जेष्ठ २०७५

नयाँ दिल्ली, ३ जेठ ः भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ ।

आफूसँग बहुमत रहेकोले सरकार बनाउन पाउनुपर्ने भन्दै भारतीय राष्ट्रिय काँग्रेसले आफ्नो पक्षमा सरकार निर्माण गर्न दिन माग गर्दै सर्वेाच्चमा रिट हालेको थियो ।

Advertisement
Advertisement

तर सर्वाेच्च अदालतले भने काँग्रेसको उक्त रिट खारेज गर्दै भारतीय जनता पार्टीलाई नै यहाँ सरकार निर्माणका लागि अनुमति दिएको हो ।

हालै सम्पन्न भएको दक्षिण भारतीय राज्य कर्नाटकको विधान सभाको निर्वाचनमा पनि काँग्रेसले आफ्नो पूर्व अवस्था गुमाएको छ । उसले यसअघि १२२ स्थानमा बिजय हासिल गरेकोमा त्यसमा ह्रास आई अहिले भने जम्मा ७८ मा सिमीत भएको थियो ।

उक्त राज्यमा जम्मा २२४ स्थान रहेका थिए । तर सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी नै हो । उसले १०४ स्थानमा विजय हासिल गरेको छ ।
सरकार निर्माणका लागि भने ११३ सिट चहिन्छ । आवश्यक बहुमत प्राप्त नभएपछि भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय काँग्रेसले नै सरकार निर्माणका लागि दाबी गरेका थिए ।

भारतीय जनता पार्टीले सरकार निर्माण गर्ने निश्चित भएको छ र आज बिहान नै सपथ ग्रहणको समय राखेको छ । तर पनि उसका सामु आगामी १५ दिनभित्रमा विश्वासको मत लिने प्रावधान रहेको छ र त्यो भने चुनौतीपूर्ण रहेको बताइन्छ ।

भाजपाले साँसद किन्यो–काँग्रेस
उता भारतीय राष्ट्रिय काँग्रेसले भने कर्नाटकमा भारतीय जनता पार्टीले काँग्रेसका साँसद किनेर सरकार बनाएको भन्दै त्यसको विरोध गरेको छ ।
आफ्नो पार्टीमा फुट ल्याएर र आफ्नो पार्टीका साँसद किनेर भारतीय जनता पार्टीले सरकार निर्माण गरेको भन्दै काँग्रेसले आरोप लगाएको छ ।
तर सो आरोप भारतीय जनता पार्टीले भने स्वीकार गरेको छैन । यसलाई भाजपाले भने निराधार आरोप भनेको छ ।

काँग्रेसले भाजपाले प्रत्येक साँसदलाई डेढ करोड भारतीय रुपैयाँ पैसा दिएर उसले सरकार बनाएको आरोप लगाएको छ ।

त्यहाँ भारतीय काँग्रेसले भने तेस्रो ठूलो दल जनता दल सेक्युलरसँग मिलेर सरकार बनाउने र मुख्यमन्त्री पनि सोही दललाई दिने सहमति गरेको थियो । तर पनि उसको दलका सदस्यहरुले नै भारतीय जनता पार्टीले किनिदिएको आरोप लगाएको थियो ।

उक्त दलले यहाँ ३७ स्थानमा विजय हासिल गरेको थियो । सो दललाई मुख्यमन्त्रीमा काँग्रेसले सहमति दिएको थियो ।

‘प्रजातन्त्रको हत्या भयो’
यसैबीच भारतीय काँग्रेसले यस घटनालाई प्रजातन्त्रको हत्याको संज्ञा दिएको छ । बिहीबार बिहान ९ बजेका लागि सरकारको सपथ कार्यक्रम राखिएको थियो ।

सोही कारण काँग्रेसले राति नै अदालतमा रिट हालेको थियो । राति १२ बजे रिट हालेको र तत्कालै सुनुवाई सुरु भएको थियो ।
अदालतमा राति ३ बजेसम्म अर्थात तीन घन्टासम्म सुनुवाई भएको थियो । तीन घन्टा निरन्तर लामो सुनुवाई पछि फैसला भने भाजपाकै पक्षमा भएको थियो ।

Advertisement

यस घटनालाई काँग्रेसले प्रजातन्त्रमाथिको हत्याको संज्ञा दिएको छ । उसले भनेको छ– यस्तो हत्या अदालतबाटै भएको छ । रातारात अदालतले गरेको फैसलाले देशमा प्रजातन्त्रकै हत्या गरेको छ ।
रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top