प्लाज्मा थेरापीका लागि मोरङका १८ प्रहरीले गरे रक्तदान

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, विराटनगर ।
पछिल्ला दिनमा कोरोना संक्रमितका लागि प्लाजमा थेरापी उपचारमा अभाव देखिएको रगत संकलन गर्ने उद्धेश्यले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्राङगणमा नेपाल रेडक्रस सोसाईटी विराटनगरको ब्यबस्थापन तथा प्राबिधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १८ जन प्रहरी कर्मचारीले रक्तदान गरेका छन् ।

कोरोना संक्रमणपछि निको भएका र संक्रमणको ४० दिन नकटेका १८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

Advertisement

पछिल्लो समय बढिरहेको कोभिड १९ संक्रमण महामारीलाई मध्यनजर गर्दै संक्रमणको उपचार,प्लाजमा थेरापी पद्दतिको लागि रगतको आवश्यकता परेको भनि नेपाल रेडक्रस सोसाईटी विराटनगरले जानकारी गराएपछि रक्तदानकार्यक्रमको आयोजना गरिएको एसपी खड्काले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top