×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

संसदको अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुको जोड

२२ कार्तिक २०७७

२२ कार्तिक, काठमाडौं ।

पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।

Advertisement
Advertisement

संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहो¥याउन पनि संसदको आवश्यकता रहनेभएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् ।

संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाई छ । लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन् ।

पूर्व सभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताइन । संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताइन ।

कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यस सम्बन्धि थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताइन । जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन ।

विधि विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि संसदको आवश्यकता रहेको उनले बताइन । उनले भनिन, ‘‘जनताको प्रतिनिधिमुलक संस्था नचल्दा अराजकतातिर जान्छ । विधि, विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि पनि संसद चल्नुपर्छ । प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ ।

जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन् । संसद जनताको प्रतिनिधिमुलक संस्था भएकाले नियम, प्रकृया र विधि विधानमा आउँछ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ ।

संसद अनिवार्य छ ।’’ स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाउँदै जुनसुकै अवस्थामा पनि संसद सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन, ‘‘६ सय सांसदको म्यानेज भएको ठाउँ हो । अहिलेको संख्या एकदमै सानो हो ।

यसलाई व्यवस्थापन पनि सचिवालयले यो भन्दा पहिलेको बैठक पनि दुरी बनाएर सञ्चालन गरेको थियो । सांसदहरुले आफ्नो ठाउँबाट सतर्कता अपनाउने । यातायातको साधन नभएका सांसदका लागि म्यानेज गरियो भने ।

साना भन्दा साना कुराको म्यानेग गरियो चल्न नसक्ने हुन्न । संसद रिस्क मोलेर पनि चल्नुपर्छ । किन की त्यो त जनताको प्रतिनिधिमुलक संस्था हो । जनताको जीवनरक्षाका लागि जनताले आफ्ना काम अगाडी बढाउनदा पर्ने अफ्ट्यारा पनि संसदले सम्बोधन गर्नुपर्छ ।’’

पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताए । सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले यो सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त भएको बताए । तिहार छठ लगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘संघीय लोकतान्त्रीक प्रणालीमा संसद अभिन्न अंग हो ।

त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण हुन्छ । अहिले संसदको अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने कानून नियमहरु बन्न सकेनन् ।

आकस्मिक रुमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो । यो सत्तााधारीको मनोपोलीको दृष्टान्त हो । संसदको अधिवेशन तोकिएको समयमा चल्छ । त्यसको एउटा नियम हुन्छ ।

आवधिक निर्वाचन, आवधिक समयवद्ध काम लोकतन्त्रको अनुशासन हो । संसदले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानून बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन । अपरिहार्य छ ।

समय नआउँदै अधिवेशन अन्त्य गरियो । अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ । देशलाई दिशा दिनुपर्छ ।’’
सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उनले स्वीकार गरे । संसदको कृयाशिलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए ।

Advertisement

सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top