×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए

२३ कार्तिक २०७७

२३ कात्तिक, कैलाली । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले धपाएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् ।

Advertisement
Advertisement

‘हामीले कोसँग सोधेर आयौ भन्यौँ । उनीहरुले कसैलाई सोधेका छैनौँ भने । त्यसपछि २०र२५ जना युवाहरू मिलेर लखेट्न थाल्यौँ’ बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले भने ‘त्यसपछि उनीहरु भागे ।’

उनले यसअघि पनि पटक पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादती गर्ने गरेको बताए ।

‘हामीलाई हाम्रै भूमिमा आएर धम्की दिन्छन् । नेपाल सरकारले चासो दिँदैन’ उनले भने ‘यस पटक पनि एकलौटी रुपमा नेपाल छिरेर सीमा नाप्दै थिए । हामी जाइलाग्न खोजेपछि उनीहरु भागे ।’

नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । बेलौरी नगरपालिका वडा नम्बर १० को नेपाल भारत सीमा स्तम्भ नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी ३४ र ३३ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा हतियारसहित पुगेपछि धपाएको वडासदस्य चौधरीले बताए ।

शनिबार सोही टोली बेल्डाडी गाउँपालिकाको सीमा नम्बर ३२ मा समेत पुगेको स्थानीयले बताएका छन् ।

नेपाली भूमिमा प्रवेश गरेर उनीहरुले नापी गर्दा कसैलाई जानकारी नदिएको बेलौतरी नगरपालिका– १० का अध्यक्ष हरिलाल चौधरीले बताए ।

अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लब राज भट्टले सीमा विवाद मिलाउन सरकारले टोली गठन गरेको भए पनि एसएसबीका सुरक्षाकर्मी दादागिरी शैलीमा नेपाल प्रवेश गरेको बताए ।

‘कसैसँग समन्वय नगरी अर्काे देशमा हतियारसहित प्रवेश गरेका छन् । यो त दादागिरी हो’ उनले भने, ‘नेपाली भूमिमा आएर नाप–जोख गर्ने अधिकार कसले दियो ?’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतीय पक्षले समन्वय नै नगरी नेपाली भूमिमा प्रवेश गरेको बताए । ‘नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने हो, तर भारतीय पक्षले समन्वय गरेनन्’ उनले भने ।

Advertisement

यद्यपि प्रमुख जिल्ला अधिकारी महतोले उनीहरु नेपाल पस्नुको कारण सामान्य रहेको बताए । ‘नेपाल–भारतका सीमामा रहेका सीमा स्तम्भहरू हेरफेर भएको छ कि छैन भनेर निरीक्षण गरेका हुन्’ प्रजिअ महतोले भने ‘एसएसबीले गर्ने नियमित गस्ती हो ।’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top