नागोरनो काराबख क्षेत्रको युद्धमा परी ७ हजारभन्दा बढीको मृत्यु

२३ कात्तिक ७७, आइतबार
Share this
746shares

२३ कात्तिक, अजरबैजान।
नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

Advertisement

गत महिना यी दुई देशबीचको द्धन्द्ध चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत रुपमा पनि हमला भएका समाचारहरु आएका थिए । ती हमलाहरुमा परी ७ हजार ५०० जनाको ज्यान गएको बताइएको हो । ती सबै अजरबैजानका नागरिक रहेका छन् । दुवै देशले विवादित क्षेत्रमा आफ्नो स्वामित्व रहेको भन्दै एकअर्काको क्षेत्रमा आक्रमण गरेका थिए ।

यी आक्रमणहरुमा यति ठूलो संख्याका नागरिकहरुका अतिरिक्त २६२ ड्रोन, १७ ओटा हेलिकोप्टर र २५ ओटा जहाज पनि परेका छन् । त्यस क्षेत्रमा पछिल्लो समयमा पनि एक अर्कामा आक्रमण जारी नै रहेको छ ।

Advertisement

अर्मेनियाले अजरबैजानमाथि विवादित क्षेत्रको केन्द्रमा नै मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । उता अजरबैजानले पनि अर्मेनियाले आफ्ना कयौं शहरहरुमा आक्रमण गरेको आरोप लगाएको छ ।

हालैमात्र अर्मेनियाका सैन्य अधिकारीहरुले अजरबैजानले स्टेपनाकर्टमा मिसाइल आक्रमण गरेको बताएका थिए भने अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियन सेनाले आफ्नो दोस्रो ठूलो शहर गाजाका साथै टार्डर,बार्डा, बेलगन लगायतका स्थानमा आक्रमण गरेको बताएको थियो ।

Advertisement

दुवै पक्षका बीचमा सयौं पटकसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर ठूलो संख्याका मानिस पनि मारिएका छन् । दुवै देशबीचको विवादबीच भइरहेको आक्रमणमा परेर सयौं घरमा क्षति पुगेको छ भने हजारौं मानिस विस्थापित समेत भएका छन् ।

सो क्षेत्रमा अहिले पनि आक्रमण जारी नै रहेको छ । यसमा परेर गएको २४ घन्टायता मात्र पनि कम्तीमा १०५ जना मानिस मारिएका अजरबैजानको गृह प्रशासनको सूचना केन्द्रले जनाएको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top