×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

जनप्रतिनिधिले जनतामा सही सन्देश प्रवाह गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

२३ कार्तिक २०७७

२३ कात्तिक, कर्णाली।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले सही सूचना एवं सन्देश प्रवाह गरेपछि मात्र जनतामा जागरण आउने धारणा व्यक्त गरेका छन्।“अन्य रोगजस्तो यसको खोप, औषधिको विकास भइसकेको छै, यस्तो अवस्थामा व्यक्ति स्वयं सचेत रहेर आफू र समाजलाई सुरक्षित राख्नु नै विकल्प हो,” उनले भने, “जनप्रतिनिधि जनतामाझ जाँदा यसबाट सुरक्षित रहन भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्नेबारे जनतालाई सूचना प्रवाह गर्नुपर्दछ ।”

Advertisement

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी र सञ्चार जगतको प्रयासबाट मात्र कोभिड १९ नियन्त्रण सम्भव नहुने हुँदा जनप्रतिनिधिसमेत यस अभियानमा जोडिनुपर्ने उनको भनाइ थियो । कर्णाली प्रदेशसभा सचिवालयद्वारा आज सुर्खेतमा आयोजित ‘कोभिड–१९ जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सेनाले कोभिड–१९ बाट सुरक्षित रहेर जीवनपद्धति चलाउनुको विकल्प नभएको बताएका छन् । आफू सुरक्षित रहेमात्र अरुलाई रोकथाम गर्न सकिने बताए।

प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोभिड १९ ले बहुआयामिक दुष्प्रभाव छाडे पनि यसका शिक्षालाई ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्दै गलत सूचना प्रवाहले महामारी झन् फैलिन सक्ने हुँदा जनप्रतिनिधिले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कोभिड १९ विरुद्धको प्रतिकार्यमा कर्णालीले अन्य प्रदेशभन्दा अब्बल कार्य गरेको दाबी गरे । उनले स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन, परीक्षण र उपचार प्रणालीमा उल्लेख्य सुधार गरेको जानकारी दिए ।

“एक्सरेसम्म नभएका जिल्लामा आइसियु र भेन्टिलेटर जडान गरेका छौं, स्थानीय तहसम्म अक्सिजन प्लान्ट राख्दैछौं,” मन्त्री रावलले भने, “समयमै स्वास्थ्य संरचनामा सुधार गर्दा कोभिड १९ लाई सामान्य अवस्थामा फर्काउन सहज भएका छौं ।”

Advertisement

कार्यक्रममा विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका जोखिम तथा संकट सञ्चार विज्ञ डा सुनुर बर्माले कोभिड १९ का सन्दर्भमा जोखिम सञ्चार तथा समुदायको संलग्नताका महत्व तथा निर्वाचित पदाधिकारीको भूमिकासम्बन्धी अन्तर्राष्ट्रिय अनुभव र स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले सो प्रदेशको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top