×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम बढ्यो

२३ कार्तिक २०७७

२३ कात्तिक, काठमाडौं ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड आठ लाख ६३ हजार ४५६ कित्ता शेयर रु तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.१६ र विकास बैंक उपसमूह ६.७६ विन्दुले ओरालो लागेको छ ।

यस्तै, व्यापार १०५.१९, होटल २७.७५, जलविद्युत् ३०.५९, वित्त ४.२७, निर्जीवन बीमा १८.७९, उत्पादन १२२.६८, अन्य २८.४५, लघुवित्त १०.८५, जीवन बीमा ८६.९३ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९२ लाख दुई हजार ४८२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, हिमालयन डिस्टिलरी १५ करोड ९६ लाख ८१ हजार ६६३, खिबर इन्सुरेन्स कम्पनी १२ करोड ३० लाख ४१ ह्जार ८१४, अपी पावर कम्पनी १२ करोड आठ लाख २० हजार ६०९, बैंक अफ काठमाडौँ १० करोड ४८ लाख २० हजार ६०९, शिवम् सिमेन्ट १० करोड ३५ लाख ४६ हजार ८०० र हिमाल दोलखा हाइड्रोपावर रु नौ करोड ४२ लाख २५ हजार ८४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी ९.९७, साल्ट टे«डिङ कर्पोरेशन ९.९५, दिव्यश्वरी हाइड्रोपावर ९.९२, मिथिला लघुवित्त वित्तीय संस्था ९.९०, युनिभर्सल पावर कम्पनी ९.८६ र सानिमा जनरल इन्सुरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स कम्पनी ३.५७, सिभिल लघुवित्त वित्तीय संस्था २.७६, गुराँस लघुवित्त वित्तीय संस्था २.७१, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१२ , सुमिट लघुवित्त वित्तीय संस्था १.६८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १.६२ प्रतिशतले गुमाए ।

भर्खरको समाचार

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

सम्बन्धित खबरहरु

Scroll to Top