×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

२४ कार्तिक २०७७

२३ कात्तिक, काठमाडाैँ ।

जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।

Advertisement
Advertisement

कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उनको भनाइ छ । आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल उनले जानकारी दिए ।

रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले करारमा कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएकामा लोक सेवा आयोगले ठूलो सङ्ख्यामा करारमा नियुक्ति गर्दा पछि समस्या आउन सक्ने बताएपछि अब स्थायी नियुक्ति गर्ने योजना बनाइएको महाप्रबन्धक भट्टराईले बताए ।

लोक सेवाको प्रक्रियाबाट पदपूर्ति गर्दा केही महिना लाग्न सक्ने भएकाले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारमा कर्मचारी पठाउने भएको उहाँले जानकारी दिए ।

रेल सञ्चालनका लागि प्राविधिक, प्रशासन, कानूनलगायत समूहबाट झण्डै डेढ सय कर्मचारी आवश्यक रहेको बताइएको छ । रेल चलाउन दक्ष जनशक्ति भने भारतीय हुनेछन् ।

कम्पनीले रेल सञ्चालनका लागि २६ जना प्राविधिक कर्मचारी भारतीय ल्याउन रेल निर्माण गरेको त्यहाँको सरकारी कम्पनी कोनकान कम्पनीसँग कुराकानी भइरहेको बुझिएको छ ।

कम्पनीले रेल पठाउँदादेखि नै आवश्यक जनशक्ति पठाउने तयारी गरेको थियो । नेपालमा रेल चलाउने दक्ष जनशक्ति नभएकाले भारतमा रेलमा नै पहिले काम गरेका अनुभवी कर्मचारीलाई केही वर्षका लागि ल्याउन लागिएको छ ।

आधुनिक रेल सञ्चालनका लागि प्राविधिको ज्ञान भएको जनशक्ति चाहिन्छ । अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनको समेत अभाव छ । रेल्वेसम्बन्धी ऐन २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा पेश हुँदैछ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापरीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो ।

Advertisement

अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कुल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top