×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

२४ कार्तिक २०७७

काठमाडौं: दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो ।

खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपैयाँसम्म पर्न थालेको छ ।

Advertisement
Advertisement

त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८० रुपैयाँ पर्ने चिनी ९० रुपैयाँसम्म पर्न थालेको छ । सनफ्लावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपैयाँ पर्न थालेको छ । तोरीको तेल प्रतिलिटर १३ प्रतिशतले वृद्धि भई २ सय ३० बाट २ सय ६० रुपैयाँ पुगको छ । त्यसैगरी भटमासको तेलको मूल्य पनि करीब १४ प्रतिशतले वृद्धि हुँदै प्रतिलिटर १ सय ५० बाट १ सय ७० रुपैयाँ पुगेको छ ।

नेपालमा दशैं, तिहार र छठपर्वजस्ता चाडपर्वका समयमा तेलको माग बढ्ने भएकाले पनि मूल्य वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन् । यद्यपि यति बेला मागमा खासै वृद्धि नभएको र आपूर्ति प्रणालीसमेत सहज रहेको कुरा व्यवसायीहरूले स्वीकार गरेका छन् । यस्तो अवस्थामा पनि मूल्य बढ्नुमा अन्तराष्ट्रिय बजार मूल्यको प्रभाव रहेको दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

उनका अनुसार नेपालमा दाल, गेडागुडी र खानेतेल अस्ट्रेलिया, क्यानडा, मलेशिया र भारत आदि मुलुकबाट आयात हुने गर्छ । अहिले ती देशमा नै यस्ता खाद्य वस्तुहरूको मूल्य बढेकाले नेपालमा समेत त्यसको प्रभाव परेको उनले दाबी गरे । ‘आपूर्ति हुने केन्द्रमा नै मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको हो,’ उनले भने ।

थोक विक्रेताहरूले उद्योगीहरूबाट सामान ल्याएर आपूmहरूलाई मनपरी मूल्यमा सामान बेचेको आरोप खुद्रा व्यापारीरूले लगाएका छन् । यसले गर्दा खुद्रा व्यापारी र उपभोक्ताहरू त्यसको मारमा परेको उनीहरूको भनाइ छ ।

Advertisement

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले थोक व्यापारीहरूबाट खुद्रा व्यापारीले सामान खरीद गर्ने क्रममा सही मूल्यको बिलबीजक नपाएको गुनासो गरे । थोक विक्रेताहरूले खुद्रा व्यापारीलाई बढी मूल्यमा सामान बेचेर कम मूल्यको बिल दिने कार्यले अनुगमनकर्ताको फन्दामा समेत खुद्रा व्यापारीहरू नै पर्ने गरेको उनको दाबी छ ।, यो समाचारर आजको अभियान दैनिकमा छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top