×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

बाइडेनको विजयले चीनलाई चुनौती

२४ कार्तिक २०७७

काठमाडाैं : केही दिनको अनिश्चिततापछि जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा विश्वका अन्य शक्तिशाली देशसँग अमेरिकाको सम्बन्धमा निकै ठूलो परिवर्तन देखिएको थियो ।

अमेरिकामा बाइडेनको जितले चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा गरिदिएको बीबीसीले जनाएको छ । चीन डोनाल्ड ट्रम्प ह्वाइटहाउसबाट बिदा भएको हेर्न चाहन्छ भन्ने कतिपयको आकलन रहेको थियो । किनकि दुई देशबीच पछिल्लो समय व्यापार–युद्ध चर्केको छ । त्यसका साथै कोभिड–१९ को महामारीका लागि उनले चीनलाई दोष लगाउँदै आएका थिए ।

तर केही विश्लेषकहरूको विचारमा चीनले ट्रम्प ह्वाइटहाउसका लागि पुनः निर्वाचित भएको भएको हेर्न चाहन्थ्यो । किनकि उनका नीतिहरूका कारण अमेरिकाको शक्ति विश्वमा क्षीण हुँदै जान सक्ने भएकाले त्यो आफ्नो हितमा हुने बेइजिङको बुझाइ छ ।

तर आगामी राष्ट्रपति बाइडेनले जलवायु परिवर्तनजस्ता ठूला मुद्दामा आपसी सहयोग खोज्ने प्रयास अघि बढाउनेछन् । त्यस क्रममा चीनले पनी आफ्ना लागि फाइदा हुने अवसरहरू खोज्ने निश्चित छ । बाइडेनले चीनसँग अमेरिकी सम्बन्ध सुधारका लागि सक्दो प्रयास गर्नेमा दुई मत छैन । जसका कारण विश्वशक्ति बन्ने चिनियाँ आकांक्षा पर धकेलिन सक्ने विश्लेषकहरूको भनाइ छ ।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस भारतीय मूलकी भएका कारण उनलाई भारतमा गौरवका रूपमा लिइएको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले बाइडेनबाट उनका पूर्ववर्तीभन्दा केही चिसो प्रतिक्रिया पाउन सक्ने आकलन छ । भारत लामो समयदेखिको महत्त्वपूर्ण अमेरिकी साझेदार हो । यो नीतिमा बाइडेन प्रशासनले खासै परिवर्तन गर्ने भने देखिन्न ।

विश्वशक्तिका रूपमा चीनको उदय रोक्न अमेरिकाले भारतको मन जित्न जरुरी देखिन्छ । त्यसका साथै विश्वव्यापी आतंकवादविरुद्ध लड्न दक्षिण एसियामै सबैभन्दा बढी जनसंख्या भएको भारत अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको महत्त्वपूर्ण साझेदार हुने देखिन्छ । तर बाइडेनको चुनाव प्रचार अभियानको वेबसाइटमा कश्मीरका सबै बासिन्दाको अधिकार पुनः स्थापित हुनुपर्ने आह्वानदेखि लिएर नेसनल सिटिजन रेजिस्टर (एनआरसी) तथा नागरिकता संशोधन ऐन (सीएए) को विरोध गरिएको छ । त्यसका साथै कमला ह्यारिसले पनि भारतको हिन्दु राष्ट्रवादी सरकारका नीतिहरूको कडा आलोचना गरेकी छन् । त्यसैले आगामी दिनमा अमेरिका–भारत सम्बन्धबारे भने यसै भन्न सकिने अवस्था छैन ।

उत्तर कोरियाले कुनै समय बाइडेनको कडा आलोचना गर्ने गर्थ्यो । तर अब किम जोङ–उनले बाइडेनले के कस्तो कदम चाल्छन् भन्नेमा प्रतीक्षा गर्ने आकलन गरिएको छ । डोनाल्ड ट्रम्पसँगको अभूतपूर्व भेटवार्ताका कारण उपलब्ध विभिन्न अवसरहरूका कारण पनि किम बाइडेनभन्दा ट्रम्पको पक्षमा थिए ।

बाइडेन शक्तिमा आएपछि अमेरिका र यूकेको ‘विशेष मैत्रीपूर्ण सम्बन्ध’ ओरालो लाग्न सक्ने बीबीसीले उल्लखे गरेको छ । अनुभवी राजनीतिज्ञ बाइडेन र चर्को ब्रेक्जिट पक्षधर बोरिस जोन्सनबीच स्वाभाविक तालमेल मिल्न नसक्ने अनुमान छ । कुनै बेला डोनाल्ड ट्रम्पले ब्रिटिस प्रधानमन्त्री जोन्सनलाई ‘ब्रिटेन ट्रम्प’ भनेका थिए । त्यस्तै बाइडेनले पनि जोन्सनलाई ट्रम्पका ‘शारीरिक र भावनात्मक नक्कल’ भनेका थिए ।,याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top