भ्रष्टाचारमा संलग्न नेताहरुलाई प्रधानमन्त्रीको संरक्षणः प्रकाशमान सिंह

२४ कात्तिक, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको बताएका छन् । पहिलो संविधानसभा देखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचार बाहेक केहीपनि दिन नसकेको बताए ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिलेपनि झण्डै दुई तिहाईको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताए । पहिलो संविधानसभामा जनताले म्यान्डेड दिएपनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरित अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको बताए । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सकेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए ।

प्रधानमन्त्रीले आफुले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा उनले नै संरक्षण गर्ने काम गरिराखेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको उनले बताए । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको बताए । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको समेत बताए । सरकारले कोरोना रोकथामको लागि न्यूनतम काम समेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताए ।

Advertisement

सरकारले संघीयताको भावना विपरित एकपछि अर्को काम गरिराखेको आरोप समेत नेता सिंहले लगाएका छन । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरेपनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाईको रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताए । यस्तै नेता सिंहले नेपाली कांग्रेस भित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताए । पार्टी भित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागिपनि तोकिएको मितिमा नै महाधिवेसन गर्नुपर्ने बताए । चारवर्षमा हुनुपर्ने महाधिवेसन एक वर्ष समय थप हुँदापनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गरे ।

महाधिवेसन गर्नका लागि गर्नुपर्ने तयारी केहीपनि नगरिएको उनले बताए । यस्तै प्रजातान्त्रिक पार्टी भित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग समेत गरे । नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिग्यको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरुपनि सच्चिनुपर्ने बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top