×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

आइएयुको एशोसियट सदस्यमा पहिलो नेपाली मनोनीत

२४ कार्तिक २०७७

२४ कात्तिक, काठमाडौँ ।

खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन(आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ ।

डेढ दशकअघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आइएयुले एशोसियट सदस्य पदमा मनोनयन गरेको हो । यसअघि सन् २०१८ देखि भट्टराईले आइएयुको नेपाल प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए।

भट्टराईलाई आइएयु अफिस फर एष्ट्रोनोमी आउटरिच जापान कार्यालयको सिफारिसमा युनियनको मुख्यालय पेरिसले एशोसिएट सदस्य पदमा मनोनयन गरेको हो ।

भट्टराई विसं २०७३ देखि त्रिचन्द्र क्याम्पस घण्टाघरमा भौतिक विज्ञान विषयको आंशिक उपप्राध्यापकका रुपमा समेत कार्यरत छन् ।

सदस्य नियुक्त भएपछि उनले नेपालमा खगोल विज्ञानको शिक्षा, जनसम्पर्क, सम्पदा तथा संस्कृतिको क्षेत्रमा पनि काम गर्ने कार्ययोजना रहेको जानकारी दिए। खगोल विज्ञान क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थासँग समेत सहकार्य गरिने जनाइएको छ ।

वेदको एक अङ्गका रुपमा रहेको ज्योतिषले समेत केही खगोलका विषयमा अध्ययन गर्ने परम्परा ऋषिमुनिको पालादेखि चल्दै आए पनि त्यसको समन्वयात्मक अनुसन्धान हुन सकेको छैन ।

यस सम्बन्धमा समेत काम गर्ने भट्टराईको योजना छ । युनियनमा १०० देशका १३ हजार ५०० भन्दा बढी खगोलविद् सदस्य छन् । सन् १९१९ स्थापना भएको युनियनको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । खगोल विज्ञानको क्षेत्रमा काम गरेका व्यक्तिलाई युनियनको एशोसिएट सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । युनियनमा हाल १०२ एशोसिएट सदस्य छन् ।

खगोल विज्ञानमा विद्यावारिधि गरेकालाई युनियको कनिष्ठ सदस्यता दिने गरिएको छ । हाल ७१७ जना युनियनका कनिष्ठ सदस्यका रुपमा कार्यरत छन् ।

नासोलाई युनियनको राष्ट्रिय सदस्यता प्राप्त गर्ने गरी मानवीय स्रोत तयार पार्ने काम भइरहेको सोसाइटीले जनाएको छ । भारत, चीनलगायत १०० देश युनियनको राष्ट्रिय सदस्य छन् । विकासोन्मुख देशका खगोलविद्लाई पर्यवेक्षक र अन्तरिम सदस्यका रुपमा सहभागी गराउने नीति पनि युनियनको रहेको सोसाइटीले जनाएको छ ।

युनियनमा रहेका नौ विभागका सदस्यलाई व्यक्तिगत सदस्यता दिने गरिएको छ । हाल युनियनका ११ हजार ९९ व्यक्तिगत सदस्य छन् । व्यक्तिगत सदस्यता पाएर पनि खगोल विज्ञानको क्षेत्रमा सक्रिय रुपमा काम नगर्नेलाई तीन÷तीन वर्षमा हुने साधारणसभाका अवसरमा निष्कासन गर्ने गरिएको छ ।

खगोल विज्ञानको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई युनियनले मानार्थ सदस्यता प्रदान गर्ने गरेको छ । हाल नौ जना युनियनका मानार्थ सदस्य छन् ।रासस

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top