नेपालमा २४ घण्टामा थपिए २,७३६ संक्रमित, २२ जनाको मृत्यु

२५ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना गरी हालसम्म १ हजार १ सय ४८ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

त्यस्तै २४ घन्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

आज मंगलबार कोरोनामुक्त भएर ८ सय ५३ जना मात्र डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

Advertisement

हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ भने १ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top