आईपीएलमा कुन खेलाडीले जिते कुन अवार्ड ?

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएलमा) २०२० को मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले प्राप्त गरेका छन् ।

राजस्थान रोयल्स लिग चरणबाटै बाहिरिएपनि उनले उच्च प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए । जसमा १० छक्का सामेल थियो ।

आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिने टोलीका खेलाडीले मोष्ट भ्यालुएबल अवार्ड प्राप्त गरेका हुन् ।

आइपिएल २०२० को पर्पल क्याप दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले पाएका छन् । रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जितेका छन् ।

ओरेन्ज क्याप किंग्स इलेभेन पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले जितेका छन् । राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए । राहुलले गेम चेन्जर अवार्ड पनि प्राप्त गरेका छन् ।

पावर प्ले अवार्ड मुम्बईका ट्रेन्ट बोल्टले जिते । सबै अवार्डको धनराषि समान १० लाख भारतीय रुपैयाँ थियो । रोयल च्यालेन्जर्स बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्क इमर्जिङ प्लेयर अफ द अवार्ड घोषित भएका छन् । पाडिक्कलले १५ खेलमा पाँच अर्ध शतक सहित कुल ४ सय ७३ रन बनाए ।

सर्वाधिक छक्का मुम्बईका ईशान किशनले जितेका छन् । उनले कुल ३० छक्का प्रहार गरेका थिए । सुपर स्ट्राइक रेट काइरन पोलार्डले जितेका छन् । उनको जारी सिजनमा १९१.४२ स्ट्राइक रेट रह्यो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top