कोरोना भाइरस ब्रजिलः चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको खोपको परीक्षण रोकियो

२५ कात्तिक ७७, बुधबार

२६ कार्तिक, एजेन्सी ।
स्वास्थ्यसम्बन्धी निकायले गम्भीर किसिमको प्रतिकूल घटना देखा परेको बताएसँगै ब्रजिलमा चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको एउटा खोपको परीक्षण स्थगित गरिएको छ।

अन्भीसाले सो घटना अक्टोबर २९ मा भएको बताए पनि थप विवरण सार्वजनिक गरेको छैन। एकजना स्वयंसेवकको मृत्यु भएसँगै परीक्षण स्थगित गरिएको बताइएको छ तर त्यो मृत्यु परीक्षणसँगै सम्बन्धित थियो वा थिएन भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।

परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै कोभासले स्थगित गर्ने निर्णय गर्नुअघि खोप परीक्षण कार्यक्रम सञ्चालन गरिरहेकासँग परामर्श नगरिएको बताएका छन्।

चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो। सिनोभाकले भने आफूहरू खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको बताएको छ।

उक्त कम्पनीले आप‍त्कालीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई सो खोप दिइसकेको छ। ब्रजिल कोरोनाभाइरसबाट अत्यन्तै प्रभावित राष्ट्रमध्ये एक हो जहाँ ५६ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

उक्त सङ्ख्या अमेरिका र भारत पछिको धेरै हो। ब्रजिलमा मृत्यु हुनेहरूको सङ्ख्या भने १,६३,००० को हाराहारीमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।

परीक्षण किन रोकियो?
सोमवार अन्भीसाले एउटा गम्भीर प्रतिकूल घटनाका पछि खोपको परीक्षण रोक्ने आदेश दिएको हो।

तर के भएको हो भन्ने जानकारी भने उसले दिएको छैन। उक्त खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ तर ती दुवै देशमा परीक्षण स्थगित गरिएको छैन।

इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले मङ्गलवार त्यहाँ सिनोभाकको खोपको परीक्षण सहज रूपमा अघि बढेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कोभासले स्थानीय सञ्चारमाध्यमलाई परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको बताएका थिए।(बीबीसी)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top