×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

कोभिडविरुद्धको खोप एकसय वर्षकै सबैभन्दा ठूलो उपलब्धि

२७ कार्तिक २०७७

काठमाडौं: वैज्ञानिकद्वय उगुर सहिन र ओज्लम तुरेसीले आफ्नो जीवन क्यान्सर र सङ्क्रामक रोगको अनुसन्धानात्मक कार्यमा समर्पित गरेका छन् । ‘इम्युनोथेरापी’ पद्धतिबाट क्यान्सरको उपचारमा वर्षौं बिताएका छन् ।

तर कोरोनाभाइरस महामारीबीच सहिन र तुरेसि जोडीले ‘मोडिफाइड जेनेटिक कोड्स’को क्षेत्रमा गर्नुभएको अभूतपूर्ब अनुसन्धानले विश्वको ध्यान आकृष्ट गराउन सफल हुनुभएको छ । विश्वकै पहिलो प्रभावकारी कोरोना भाइरसविरुद्धको खोप अन्वेषण पछाडि यी दुबैजनाको मस्तिष्क हो । ५५ वर्षीय सहिन र ५३ वर्षीया तुरेसिले बायोएनटेकको स्थापना सन् २००८ मा गर्नुभएको हो । मध्य जर्मनीको मैन्ज शहरमा उक्त कम्पनी अवस्थित छ ।

Advertisement
Advertisement

सोमबार कम्पनीको अमेरिकी साझेदार एवम् विशाल औषधि निर्माता कम्पनी फाइजरले आफ्नो खोपको प्रयोगले परीक्षण गरिएकामध्ये ९० प्रतिशत ब्यक्तिमा प्रभावकारी भएको दाबी गरेको छ । कम्पनीले यसअघि कहिले प्रयोगको अनुमति नदिइएको मेसेन्जर आरएनए वा एमआरएनए विधिको प्रयोग गरिएको छ । जसले खोप दिइने ब्यक्तिमा प्रतिरक्षा प्रतिक्रियात्मक रुपमा विकसित गर्ने गर्छ ।

मङ्गलबार सञ्चारकर्मीसँगको कुराकानीमा सहिनले भन्नुभयो, “मानव समुदायका लागि राम्रो सन्देश के छ भने हामीले कोभिड–१९ सङ्क्रमणको उन्मूलन खोपमार्फत् गर्न सक्छौं ।” सीएनएनसँगको कुराकानीमा फाइजरका कार्यकारी प्रमुख अल्बर्ट बौर्लाले पछिल्लो एकसय वर्षको यो अहिलेसम्मकै सबैभन्दा ठूलो विकास र उपलब्धि भएको दाबी गर्नुभयो ।

वैज्ञानिक समुदायकै लागि खोपको अन्वेषण ठूलो खुड्किलो भएपनि सहिन र तुरेसी औषधि विकास विज्ञानको दुनियाँमा अब्बल मानिन्छन् । जोडीले फिजिसियनहरुलाई प्रशिक्षण दिएर सन् २००१ म क्यान्सरविरुद्ध एन्टीबडी विकास गर्ने औषधि निर्माण गर्न गेनीम्ड फर्मास्युटिकल्सको स्थापना गरे । सन् २०१६ मा उक्त कम्पनी एक अर्ब ६० करोड अमेरिकी डलरमा बिक्री गरियो ।

कार्यकारी प्रमुख सहिन र प्रमुख मेडिकल अधिकृत तुरेसी जर्मनीका पहिलो एक सय धनीको सूचीमा सूचीकृत हुनुहुन्छ । गतवर्ष चार अर्ब ६० करोड अमेरिकी डलर बजार मूल्य रहेको उहाँको नस्दाकमा सूचीकृत कम्पनीको मूल्य मंगलबार २५ अर्ब ७२ करोड डलर पुगेको छ ।

गत् मे महिनामा सीएनएनसँगको कुराकानीमा सहिनले निरन्तरको दुई दशकसम्म औषधिविज्ञान क्षेत्रमा काम गर्दा समाजका लागि केही योगदान दिन चाहेको बताउनुभएको थियो । टर्कीको भूमध्य तटको इस्केन्ड्रममा सहिनको जन्म भएको हो । चार वर्षको छँदा उहाँ जर्मनीको कोलोग्ने बसाइ सर्नुभयो । रोयटर्सका अनुसार उहाँका बुवा त्यसताका फोर्ड कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले टर्कीका एक जना फिजिसियनकी छोरी तुरेसिलाई भेट्नुभयो । त्यत्तिबेला दुबैजना आफ्नो शैक्षिक जीवनलाई उज्यालो बनाउने प्रयासमा हुनुहुन्थ्यो । रोयटर्सका अनुसार सहिन र तुरेसिले क्यान्सर अनुसन्धानमा जुटनुभयो ।

गत् जनवरी महिनामा सहिनले चीनको वुहान शहरमा कोरोनाभाइरस सङ्क्रमणबारे शोधपत्रमा पढ्नुभएको थियो । सहिनले एन्टी क्यान्सर एमआरएनए औषधिलाई एमआरएनएमा आधारित भाइरल खोपमा परिणत गर्न सानो पाइला चाल्नुभयो । बायोएनटेकले आफ्ना पाँचसय जना कर्मचारीलाई सम्भावित एमआरएनए यौगिक अनुसन्धान गर्ने आयोजनाका लागि अह्रायो ।

सहिनलाई उहाँका समकक्षीहरुले “भद्र र नम्र” ब्यक्तिको रुपमा उल्लेख गर्छन् । जर्मनीको मैन्ज विश्वविद्यालयमा सहिनका समकक्षी प्राध्यापक मत्तिस थिओबाल्डले उपलब्धि र सफलताका बावजूद उहाँ अत्यन्तै अतुलनीय भद्र ब्यक्ति रहेको बताउनुहुन्छ ।

Advertisement

मङ्गलबार नै सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै सहिनले भन्नुभयो, “फाइजर÷बायोएनटेकले उत्पादन गर्न लागेको खोप कोरोना विरुद्धको एक मात्र खोप नहुने विश्वास गरेका छौं ।”,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top