×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुने दर बढ्यो

२७ कार्तिक २०७७

२७ कार्तिक, कैलाली ।
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन । जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जनामध्ये आठ हजार ७०८ जना उपचार व्यवस्थापनपछि घर फर्केका छन् ।

बुधबारसम्म कोरोनाका शङ्कास्पद एक लाख ११ हजार २०७ व्यक्तिको पिसीआर पद्धतिबाट नमूना जाँच भइसकेको छ । बिरामी बढ्दै गएपछि प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल धनगढीमा थप शय्याको व्यवस्थापनको तयारी गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोभिड अस्थायी अस्पतालमा थप शय्या थप्ने काम अघि बढेको बताए ।

सो अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० शय्याको व्यवस्था गरिएकामा पछिल्ला दिनमा पूरै शय्या भरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालमा आइसीयू ९सघन उपचारकक्ष० र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमणदर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए ।

“चिसो बढ्ने भएकाले कोभिड–१९ जस्तो लक्षण बढी व्यक्तिमा देखिन सक्छ”, उनले भने, “लक्षण देखिएपछि एक हप्ता आफ्नै घरको छुट्टै कोठामा वा आइसोलेसनमा बसेर एक हप्तापछि मात्र नमूना परीक्षण गराउनुपर्छ ।”(रासस)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top