खतिवडा, रेग्मी र विश्वकर्माको नाम राजदूतका लागि अनुमोदित

२७ कात्तिक, काठमाडाैँ ।

संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको तीनै जना राजदूतको नाम अनुमोदन गरेको छ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले  पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । बिहीबार लामो छलफलपछि समितिले तीनै जनाको नाम अनुमोदन गरिएकाे हो ।

Advertisement

समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिए। राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

समितिमा खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी परेको थियो। तर उजुरीकर्ताहरू समितिको सम्पर्कमा आएनन्। उजुरीकर्ता नआएपछि समितिले सुनुवाइ अगाडि बढाएको थियो।

Advertisement

प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता र क्षमता समितिमा प्रस्तुत गरका थिए। सुनुवाइका क्रममा पूर्वअर्थमन्त्री खतिवडाले एमसिसी परिमार्जनका लागि सहजीकरण गर्ने बताएका छन्।

राजदूतमा सिफारिस हुनु ठिकअघि उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए। अमेरिकाको राजदूतको पोर्टफोलियो मन्त्री सरहको हुनेछ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top