बाराक ओबामाको पुस्तकमा राहुल गान्धी र मनमोहन सिंहको प्रशंसा

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, एजेन्सी ।

Advertisement

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पुस्तकमा भारतीय कांग्रेस नेता राहुल गान्धीका बारेमा टिप्पणी गरेका छन्।

ओबामाले पुस्तकमा गान्धी आफ्नो शिक्षकलाई प्रभावित गर्न चाहने तर ‘विषयमा दक्ष’ बन्नको लागि इच्छा वा योग्यताको कमी भएको एक ‘नर्भस’ (आशङ्कित) र तयारी गरिरहेको छात्र’ भएको बताएका छन् ।

Advertisement

ओबामाले आफ्नो कार्यकालको संस्मरणमा लेखेको पुस्तक ‘अ प्रोमिस्ड ल्याण्ड’ मा गान्धी र भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहका बारेमा लेखिएको छ।

न्युयोर्क टाईम्सले अर्को हप्ता सार्वजनिक हुने कितावको समीक्षा गरेको छ। ओबामाले मनमोहन सिंहसँग अरुलाई आकर्षित गर्ने ईमान्दारिता रहेको लेखेका छन्।

Advertisement

७६८ पृष्ठको संस्मरणमा उनको राजनीतिक यात्रादेखि राष्ट्रपतिसम्मको आरोह–अवरोह समेटिएको छ। यसअघि पनि उनले केही पुस्तक लेखेका छन्। जसमा ‘ड्रिम्स फ्रम माइ फादर’, ‘द अडासिटी अफ होप’ र ‘चेन्ज वी क्यान विलिभ इन’ सामेल छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top