आज २,१११ संक्रमित थपिँदा ३,५३७ डिस्चार्ज, मृतकको संख्या १२ सय नाघ्यो

२८ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना गरी हालसम्म मृत्यु हुने संक्रमितको संख्या १२ सय नाघेको छ ।

Advertisement

त्यस्तै २४ घन्टामा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

आजै कोरोनामुक्त भएर ३ हजार ५ सय ३७ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ ।

Advertisement

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ भने ९ सय ८६ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top