एशियन कंक्रिटोले ललितपुरमा बनाईदियो अपाङ्गमैत्री फुटपाथ

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, काठमाडौँ ।
एशियन कंक्रिटो प्रा.लि.ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा निर्माण गरिएको अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ । हरिहर भवनदेखि एमएमबी बैंक सम्मको ९० मिटर फुटपाथ निर्माण गरी आज महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नौ उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एशियन कंक्रिटो कम्पनीले सम्पूर्ण लगानी रहेको फुटपाथ निर्माणमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताए । महानगरपालिकाको अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झौता गरी अगाडी बढ्ने पनि बताए ।

Advertisement

कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताए । वातानुकुलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरिय उत्पादन र नयाँ प्रविधि नै रहेको उनले बताए ।

कम्पनीले १९ लाख ५८ हजार ८७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रवन्ध निर्देशक मनोज केडियाले बताए ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top