एजेन्सी । अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।
जर्जियामा हातैले फेरि मतगणना गरिएको थियो । योसँगै सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने उनी नै पहिलो डेमोक्रेटिक उम्मेदवार बनेका छन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति चुनावमा उनका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाएका छन् । अमेरिकाका सबै ५० राज्यको मतगणना सकिँदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गरेका छन् । यस्तै डोनाल्ड ट्रम्पले २ सय ३२ मत पाएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको मानिने छ । डोनाल्ड ट्रम्पले भने चुनाव धाँधली भएको आरोप लगाउँदै एरिजोना, जर्जियासहित धेरै राज्यमा उजुरी दर्ता गराएका छन् ।