२ मंसिर, एजेन्सी ।
अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म अमेरिकामा १ करोड १५ लाख ३८ हजारभन्दा बढिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५५ हजार १ जना संक्रमित थपिएका छन् ।
तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ५२ हजार कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१६ संक्रमितको मृत्यु भएको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १३ लाख ३२ हजार नाघेको छ भने कुल संक्रमितको संख्या ५ करोड ५३ लाख ४९ हजार नाघेको छ ।