×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

आईपीएलमा सन्दिप ः सुरुवाती खेलकै लागि योग्य

५ जेष्ठ २०७५

विराटनगर,जेठ ५ ः आईपीएलमा पछिल्ला दुई खेलबाटै सन्दिप लामिछानेले आफु सुरुवाति खेलहरुमा नै अवसर पाउन योग्य भएको कुरा सावित गरेका छन् ।


डेब्यु खेलभन्दा अझ निखारिएको प्रदर्शन गरेका सन्दिपले दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्गसमाथि ३४ रनको जित हात पार्दा सुरेश रैना र महेन्द्र सिंह धोनीको साझेदारी तोड्न सफल भए ।

Advertisement
Advertisement

डेब्यू खेलमा एक विकेट लिएर २५ रन दिएका उनले चेन्नाई विरुद्ध रैनाको विकेट लिँदै धानी र रैनाको साझेदारी तोडेका थिए ।

सन्दिपले बलिङ गरेको १४ औं ओभरको पहिलो बलमा रैनाले सन्दीपको फुललेन्थ गुगलीलाई सही जज गर्न सकेनन् र उनी स्वायर लेगमा क्याच हुन पुगे । दिल्लीको जितमा रैनाको विकेट महत्वपूर्ण रहृयो ।

चेन्नाई विरुद्धको खेलमा सन्दिपले चार ओभर वलिङ गर्दै १ विकेट लिएर मात्र २१ रन दिए ।

१७ बर्षकै उमेरमा आईपीएलमा डेब्यु गर्ने मौका पाएका उनले रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गर्ने मौका पाए भने उत्कृष्ट प्रदर्शन गरे। तर त्यो खेलमा उनको टिम बैंग्लोरसँग हार्न पुग्यो ।

प्लेअफमा नपुगी समुहचरणबाटै बाहिरीसकेको दिल्लीको आईपीएलमा अब आइतबार हुने खेल मात्र बाँकी छ ।

दिल्लीले सन्दिपलाई अघिल्ला खेलहरुमा मौका नदिँदा उनलाई आईपीएलमा खेल्ने मौका नै नदिने हो कि भन्ने सबैले सोच्न थालीसकेका थिए । तर, दिल्ली समूह चरणबाटै बाहिरिने निश्चित भएसँगै उनलाई बाह्रौँ खेलमा खेल्ने मौका दिइएको थियो ।

अन्तिममा खेल्ने मौका पाए पनि लगातार दुई ठूला टिमविरुद्धको प्रदर्शनले उनी आफु यसअघि नै मौका पाउन योग्य भएको भन्ने देखाएका छन् र आफ्नो प्रर्दशनले दिल्लीको ध्यान आफुतिर खिचेका छन् ।

अब दिल्लीको अन्तिम खेल मुम्बई इन्डियन्सविरुद्ध छ । यदि यो खेलमा पनि सन्दीपले खेलेमा सम्भवतः राेहित शर्मा विरूद्द बलिङ गर्ने अवसर जुर्नेछ ।

कुनै पनि नेपाली आईपीएलमा खेल्न पाउनुमात्रै पनि नेपालीहरुका लागि खुसिको कुरा हो । सन्दिपले खेल्ने अबसर पाउनुका साथै उत्कृष्ट प्रर्दशन पनि गरे । अहिले सम्मको प्रदर्शनमा सन्दिप बेस्ट इकोनोमिक बलिङमा जारी आईपिएलकै पहिलो नम्बरमा छन् ।

सन्दीपको प्रदर्शन यस्तै रहे टिमको प्रदर्शन जस्तो रहे पनि उनका लागि यो आईपीएल अविश्मरणीय हुनेछ । किनकी उनले क्रिकेटका हस्तीहरुविरुद्ध बलिङ गरी उत्कृष्ट प्रर्दशन गरेका छन् ।

Advertisement

उनको यो आईपीएल यात्रा नेपालीका लागि सम्झनलायक रहने छ । सन्दिपको यो प्रर्दशनले अरु नेपाली खेलाडीलाई पनि आईपीएलमा छनौट हुने मौका मिल्न सक्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top