मानहुँकोटमा पर्यटक सवार माइक्रोबस दुर्घटना, एकको मृत्यु, ८ जना घाइते

मानहुँकोटमा पर्यटक सवार माइक्रोबस दुर्घटना, एकको मृत्यु, ८ जना घाइते

३ मंसिर, तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ८ जना घाइते भएका छन ।

पोखराबाट मानहुँकोट घुम्न आउने पर्यटक लिएर आएको ग १ ख २९४२ नम्बरको माइक्रो भिरबाट खस्दा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १, थप्रेककी २८ वर्षीया सुनिता गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका अन्य ८ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको दमौलीमा रहेको रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.