पुराना फाइल पल्टाउँदै प्रहरी

३ मंसिर ७७, बिहीबार

काठमाडौँ : प्रहरीले २५ वर्ष पुराना अपराधका घटनाको समेत अनुसन्धान सुरु गरेको छ । एकपछि अर्को घटनाका अभियुक्त पक्राउ पर्ने क्रमसँगै प्रहरीले यसमा चासो देखाएको छ ।

Advertisement

डेढ दशकअघि २०६३ साल पुस २० गते सीतापाइलास्थित कान्तिपुर सःमिल (काठ)का सञ्चालक मोरङ डाँगीहाटका नातिकाजी सुवेदी र उहाँकी श्रीमती सानु सुवेदीको धारिलो हतियार प्रहारबाट बीभत्स हत्या भयो भने जेठो छोरा विलभ घाइते भए । उक्त घटनामा सोही सःमिलका कामदार सर्लाही पिपरियाका जेके भन्ने जयकिशोर साह र दाङका प्रताप रानाको संलग्नता रहेको पहिचान खुले पनि प्रहरीले तत्काल पक्राउ पर्न सकेन । झन्डै १५ वर्ष पुरानो यो हत्या घटनाका मुख्य अभियुक्त साह गत असारमा नेपाल–भारत सीमा नाकाबाट पक्राउ परे ।

यस्तै २०५४ साल कात्तिक १६ गते जयवागेश्वरीमा काभ्रे पनौतीका १८ वर्षीय श्याम खड्काको कुटपिट तथा इँटा प्रहार गरी हत्या भएको थियो । सो हत्या घटनाका अभियुक्त रामेछाप खाँडादेवीका ध्रुव भन्ने मानकाजी श्रेष्ठ हत्या घटनाको २३ वर्षसम्म फरार थिए । आफ्नै सहकर्मी खड्काको हत्यापछि हुलिया परिवर्तन गरी बसेका श्रेष्ठको पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले २०७४ सालमा पक्राउ वारेन्टसमेत जारी गरेको थियो । नाम तथा हुलिया लुकाउँदै आए पनि अभियुक्त श्रेष्ठ यही कात्तिकको १९ गते ललितपुरको थसीखेलबाट पक्राउ परे । यी केही उदाहरण मात्रै हुन् । प्रहरीले यस्ता पुराना घटनामा समेत चासो राखेको छ र अनुसन्धान जारी राखेको पाइएको छ ।

Advertisement

पुराना जघन्य अपराधका यी तीन घटनाको विषयमा देख्ने, सुन्ने मात्र नभई पीडित परिवारले समेत बिर्सिसकेको अवस्था थियो तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई यस्ता घटनाको अनुसन्धानमा सफलता मिलेको पाइएको छ । प्रहरीको रेकर्डमा रहेका तर कतिपयले बिर्सिसकेका जघन्य अपराधका साथै ठगी, मानव बेचबिखन, वन्यजन्तु, बैङ्किङ कसुर सम्बन्धी घटनाको खोज तथा अनुसन्धान गर्दा अभियुक्त भटाभट पक्राउ पर्न थालेका छन् ।

सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुल थापा ब्युरोको जिम्मेवारी सम्हालेसँगै २५ वर्ष पुराना अपराधका घटनाको अनुसन्धान सुरु गरेको बताउनुभयो । ‘‘कतिपय घटना पीडितले समेत बिर्सिसकेका छन्” उहाँले भन्नुभयो, ‘‘तर प्रहरी निरन्तर अनुसन्धानमा लागिपरेको छ ।”,याे समाचार गाेरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top