×

NEPAL TIMES UPDATES

Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026

नेप्से दोहोरो अङ्कको वृद्धि

४ मंसिर २०७७

४ मंसिर, काठमाडौँ ।

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

Advertisement
Advertisement

लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ ।

कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोवार भयो ।

यस्तै हिमालयन डिस्टिलरी रु २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स रु १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट रु १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक रु १५ करोड ६० लाख ८० हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

यस्तै कारोवारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।

Advertisement
Advertisement

त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए । रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top