जर्जियामा दोस्रो पटक मतगणना गर्दा पनि ट्रम्प पराजित

Share this
746shares

५ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावमा जर्जिया राज्यमा दोस्रो पटक मतगणना गर्दा पनि डोनाल्ड ट्रम्प पराजित भएका छन्।

Advertisement

जर्जियाका अधिकारीहरूले बिहीबार दोस्रो पटकको मतगणनाको नतिजा सार्वजनिक गरेका छन्। जसमा बाइडेनले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन्। जर्जियामा १६ इलेक्टोरल कलेज भोट छन्। बाइडेनले अहिलेसम्म ३ सय ६ इलेक्टोरल कलेज भोट पाएका छन्।

अमेरिकी राष्ट्रपति हुन २ सय ७० इलेक्टोरल भोट चाहिन्छ। ट्रम्पले २ सय ३२ इलेक्टोरल भोट पाएका छन्। सन् १९९६मा बिल क्लिन्टनले जितेपछि डेमोक्रेटिक पार्टीबाट जर्जिया राज्यमा जित्ने बाइडेन पहिलो व्यक्ति हुन्।

Advertisement

पुनःमतगणना गर्दा चार काउन्टीमा ५ हजार ८ सय भोट थपिएका थिए। जसमध्ये तीन काउन्टीमा ट्रम्पले जितेका थिए भने एक काउन्टीमा बाइडेनले बाजी मारेका थिए। पुनः मतगणना गरेपछि बाइडेनको मत भने पहिलाभन्दा घटेको छ भने ट्रम्पको मत पहिलाभन्दा झन्डै १४ले बढेको छ।

जर्जियाका अधिकारीहरूले यसो हुनुका पछाडि मानवीय त्रुटी भएको बताएका छन्। ट्रम्पले आरोप लगाएजस्तो कुनै धाँधली र ठगी नगरिएको उनीहरूको भनाइ छ। जर्जियाले शुक्रबार बाइडेनले जितेको आधिकारिक घोषणा गर्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top