प्लास्टिकका बोतलमा खाँदेर दर्जनौँ दुर्लभ सुगा तस्करी

५ मंसिर ७७, शनिबार

६ मंसिर, एजेन्सी ।
इन्डोनेशियाको पूर्वी क्षेत्र पपुवामा रोकिएको एउटा पानीजहाजमा तस्करी गर्न प्लास्टिकका बोतलमा खाँदिएका दुर्लभ प्रजातिका दर्जनौँ सुगाहरू फेला परेका छन्।

Advertisement

प्रहरीका अनुसार एउटा ठूलो बाकसबाट आवाज आएपछि चालकदलले हेर्दा उक्त जहाजमा ६४ वटा जीवित र १० वटा मृत सुगा भेटिएका थिए। इन्डोनेशियामा विभिन्न दुर्लभ प्रजातिका पक्षीहरू पाइन्छ।

तर तस्करहरूले त्यहाँबाट ती पक्षीहरूको अवैध व्यापार गर्ने गरेका छन्। ती चराहरू त्यहाँका ठूला बजारमा लगेर बेचिन्छ वा विदेशतिर पठाइन्छ।

Advertisement

बन्दरगाह सहर फाक्फाकमा बिहीवार बिहान फेला परेका सुगाहरू कता लगिँदै थियो भन्ने थाहा नभएको स्थानीय प्रहरीका प्रवक्ता दोदिन जुनाइदीले समाचारसंस्था एएफपीलाई बताए।

जहाजका कर्मचारीले बाकसबाट अचम्मको आवाज आएको सुनेकाले आफूलाई त्यसमा जीवजन्तु भएको शङ्का लागेको हामीलाई बताए, उनले भने।

Advertisement

शुक्रवार साँझसम्म कोही पनि पक्राउ परेका थिएनन्। फेला परेका चराहरू न्यूगिनी र दक्षिणपश्चिम प्रशान्त महासागरका द्वीपका रैथाने सुगा भएको बताइएको छ।

उक्त पक्षी इन्डोनेशियामा संरक्षित प्रजातिको सूचीमा भएको तर घरमा पाल्न अवैध रूपमा ओसारपसार हुने गरेको वन्यजन्तु व्यापारको निगरानी गर्ने संस्था ट्राफिककी एलिजाबेथ जोनले जानकारी दिइन्।

यो क्षेत्रमा पक्षी तस्करी रोक्न इन्डोनेशिया सम्भवतः अग्र स्थानमा छ। तर अझ पक्राउ र स्रोतदेखि बजारसम्म संलग्न हुने व्यक्तिलाई दमन गर्न आवश्यक छ, उनले बीबीसीसँग भनिन्।

अधिकांश पक्षीलाई जीवितै उद्धार गरिएको भए पनि १० वटा मरेका छन् । अधिकांश पक्षीलाई जीवितै उद्धार गरिएको भए पनि १० वटा मरेका छन् प्लास्टिकका बोतलमा बन्द गरिएका चरा फेला परेको यो पहिलो पटक भने होइन।

सन् २०१५ मा इन्डोनेशियाली प्रहरीले अतिसङ्कटापन्न प्रजातिको पहेँलो सिउर भएका २१ वटा काकातुवा तस्करी गर्न लागेका एक व्यक्तिलाई समातेको थियो।

सन् २०१७ मा वन्यजन्तु तस्करी नियन्त्रण गर्न छापा मार्ने क्रममा अधिकारीहरूले १२५ वटा दुर्लभ पक्षी ढलको पाइपभित्र फेला पारेका थिए। त्यस बेला केही मानिसहरू पक्राउ परेका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top