कर्मचारीको भावना समेट्न प्रयास गरिने ः मन्त्री पण्डित

कर्मचारीको भावना समेट्न प्रयास गरिने ः मन्त्री  पण्डित

पोखरा, ६ जेठ ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन् ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पारे ।

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिए ।

उनका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उनले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.