×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चितवन घटनाले नेकपामा नयाँ विवाद

७ मंसिर २०७७

काठमाडौँ: स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घटनाले नेकपाभित्र थप चर्को ध्रुविकरणको खतरा बढाएको छ । मंसिर १३ मा सचिवालय बैठक बस्ने र त्यहाँ दुवै अध्यक्षका एक अर्कामाथि आरोपपूर्ण प्रस्तावमाथि छलफल हुने तयारी भइरहेका बेला चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका कार्यकर्ताले दुर्व्यवहार गरेपछि विवाद र ध्रुविकरणको खतरा बढाएको हो । नेकपाको पछिल्लो विवादमा ओली र दाहाल-नेपाल समूह विभाजित छ ।

Advertisement

ओलीपक्षका कार्यकर्ताले पाण्डे सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गरेपछि शनिबार साँझ भिन्दाभिन्दै विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाको निन्दा गरेका छन् ।

Advertisement

वरिष्ठ नेता खनालले चितवनमा नेता पाण्डेमाथि सुनियोजित रुपमा दुर्व्यवहार गरिएको भन्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपाय खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहन नेता-कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top