बढ्दै छ ब्रोडब्यान्डको प्रयोग, ७६ प्रतिशत जनता प्रयोगकर्ता

६ मंसिर ७७, आइतबार

काठमाडौँ : देशको जनसङ्ख्याको ठूलो हिस्सा उच्च गतिको मानिने ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भदौसम्म कुल जनसङ्ख्याको ७६.५८ प्रतिशत अर्थात् दुई करोड २८ लाख ८० हजार व्यक्तिले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् ।

कुल प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने देखिएको छ । ई–भिडियोसहित एक करोड ६८ लाखले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्कमा छ । यसमध्ये पनि थ्रिजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १२ लाख छ भने ५५ लाखले फोरजी प्रयोग गर्छन् । बाँकी ई–भिडियो प्रयोगकर्ता छन् ।

मोबाइलपछि फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या करिब ५८ लाख पुगेको छ । यसमध्ये पनि टेलिकमले ल्यान्ड लाइनमार्फत उपलब्ध गराइरहेको एडीएसएल प्रयोगकर्ताको सङ्ख्या नौ लाख १८ हजार छ । निजी इन्टरनेट सेवा प्रदायकका ग्राहक सङ्ख्या ४९ लाख पुगेका छन् ।

Advertisement

वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या सबैभन्दा कम अर्थात् दुई लाखभन्दा केही बढी छ । यसमध्ये रेडियो (वाईफाई)मार्फत इन्टरनेट प्रयोग गर्ने एक लाख ३८ हजार छन् भने वाईम्याक्समार्फत इन्टरनेट प्रयोग गर्ने ९० हजार छन् ।

सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ब्रोडब्यान्ड प्रयोगकर्ता एक करोड १४ लाख छन् । एनसेलका ६५ लाख छन् भने निजी इन्टरनेट प्रदायकका करिब ४८ लाख प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमका करिब दुई लाख प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।

Advertisement

ब्रोडब्यान्ड नीतिले नेपालको सन्दर्भमा प्रतिसेकेन्ड न्यूनतम ५१२ केबी डाउनलोड र सहरी क्षेत्रमा प्रतिसेकेन्ड १० एमबी गतिको इन्टरनेटलाई ब्रोडब्यान्ट इन्टरनेटका रूपमा परिभाषित गरेको छ ।

देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने र इन्टरनेट पु¥याउने परियोजना सञ्चालन गरिरहेको छ ।

देशैभर १८ वटा प्याकेजमा छुट्याएर सुरु गरिएको उक्त परियोजनाअन्तर्गतका हरेक वडाका सामुदायिक संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क पु¥याउने र दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने काम भइरहेको छ । प्राधिकरणका अनुसार यस परियोजनाअन्तर्गत इन्टरनेट पु¥याउन तोकिएका १५ हजार ८४९ साइटमध्ये १० हजार ५५३ मा इन्टरनेट जडान सम्पन्न भएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top